सुनचाँदी व्यवसायी संघ कैलालीको आयोजनामा रक्तदान कार्यत्रम सम्पन्न

छिनोफानो   शुक्रबार १७, कार्तिक २०८० १०:१३

नेपाल सुनचाँदी व्यवसायी संघ कैलालीको आयोजनामा रक्तदान कार्यत्रम सम्पन्न भएको छ । 
शुक्रबार कैलालीको धनगढी स्थित हुलाक कार्यालय अगाडी आयोजना गरेको रक्तदान कार्यक्रममा त्रिसट्ठी जना महिला तथा युवाहरुले रक्तदान गरेका छन । सेती प्रादेशिक अस्पताल लगाएत अन्य निजि अस्पातालहरुमा बिरामीको चाप बढ्दै जादा कतिपय बिरामीहरुले रगत नपाउने समस्या देखिएको हुनाले रक्तदान कार्यक्रम आयोजना गरेको सुनचाँदी व्यवसायी संघ कैलालीका अध्यक्ष यदु सुनार बताए । समाजमा कसैले पनि रगत अभावमा अकालमै ज्यान नगुमाउनु परोस भन्ने उद्धयस्यका साथ हरे बर्ष यस्तै गरि संघले बेला बेला यस्ता समाजिक कार्यहरु गर्दै आएको सुनारले बताए । आगामी दिनमा समेत यस्ता समाजिक कार्यमा संघ लाग्ने भन्दै रक्तदान कार्यत्रम सहभागी र रगत दान गर्ने सम्पुर्णलाइ धन्यबाद समेत दिएका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु