शेखर–गगन सुलह प्रयास, मंगलबारको बैठक एक दिनलाई सर्‍यो

पवन भण्डारी   सोमबार २५, मङि्सर २०८० ०९:२६

काठमाडौं । कांग्रेसका संस्थापन इतर नेताहरु शेखर कोइराला र गगन थापाबीच आन्तरिक द्वन्द्व मत्थर गराउने प्रयास भएको छ ।

सोमबार साँझ नेता अर्जुननरसिंह केसीले नेता शेखर र महामन्त्री गगनलाई डाकेर समाधान प्रयास गरेका हुन् ।


शेखर आफूले मंगलबारलाई डाकेको भेला बुधबारलाई सार्न सहमत भएका छन् । यसअघि शेखरले आफूसँग सल्लाह नगरी बैठक राखेकामा महामन्त्री थापा असन्तुष्ट थिए । एक दिन सारेपछि उनी पनि बैठकमा भने जान सहमत भएका छन् ।

स्रोतले भन्यो, ‘पर्सि बैठक सारेर सबैलाई सहभागी गराउने कोसिस भएको छ । सामूहिक रुपमै संयोजन गरेर जाने प्रयास हुन्छ ।’

नेता केसी महामन्त्री थापाका ससुरासमेत हुन्, जसले इतर संस्थापन पक्षका नेताबीच विगतदेखि नै मेलमिलाप प्रयास गर्दै आएका छन् ।

पछिल्ला दिनमा एक अर्कालाई खुलेरै असहयोग गरिरहेका शेखर र गगनबीच संवाद समेत हुन सकेको थिएन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु