विश्वप्रकाश शर्माको महामन्त्रीमा उम्मेदवारी

  बिहिबार २४, भदौ २०७८ ०३:४२

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आगामी महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन ।

पार्टीका संस्थापक नेता विपी कोइरालाको जन्मजयन्तिको अवसरमा बिहीबार सुन्दरीजलमा आयोजित कार्यक्रममा प्रवक्ता शर्माले पार्टीको आगामी महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।

विपी कोेईरालाको परिकल्पनालाई सम्बोधन गर्न आफूले पार्टी भित्रका सबै नेता र कार्यकर्ताको समर्थनमा उम्मेदवारी दिने घोषणा गरेको उनको भनाई छ ।

प्रवक्ता शर्माले मुलुकलाई निर्माण गर्ने गरी साझा दृष्टिकोणका साथ अघि बढन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसीर ९ गतेबाट काठमाडौंमा सुरु हुँदैछ । काँग्रेस युवा नेता गगन थापा र प्रदिप पौडेलले पनि महामन्त्रीका लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु