एमालेको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा आज सकिँदै

छिनोफानो   आइतबार ०१, पुष २०८० ११:१६

काठमाडौँ । नेकपा एमालेको  ‘झुलाघाट (बैतडी)– चिवाभञ्ज्याङ (पाँचथर) मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धि संकल्प पदयात्रा आज समापन हुँदैछ ।

मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको पदयात्रा आज पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुन लागेको हो ।

संकल्प यात्राको अन्तिम दिन आज एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली पूर्वी विन्दु चिवाभञ्ज्याङ पुग्दैछ । चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको छ ।

चिवाभञ्ज्याङको कार्यक्रम सकेर टोली साँझ फिदिम फर्किने र भोली काठमाडौँ प्रस्थान गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु