टीआरसी विधेयकमा एमाले सहमत भए राष्ट्रियसभामा सहकार्य गर्न कांग्रेस र माओवादी तयार

छिनोफानो   बिहिबार १९, पुष २०८० ०९:०८

काठमाण्डाै - सङ्क्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयक सहमतिमा पारित गर्ने प्रयास स्वरुप सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको भागबण्डामा एमालेलाई पनि सामेल गराउने तयारी गरेका छन् ।

टीआरसी विधेयकमा एमालेले सहमति जनाए राष्ट्रियसभामा सहकार्य गर्न कांग्रेस र माओवादी तयार भएका हुन् । यस विषयमा केही दिनदेखि माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ ।

हिजो सत्ता गठबन्धनको बैठकमा पनि यसबारे छलफल भएको छ भने सत्ता गठबन्धन दलहरुले एमालेसँग पनि छलफल गरेका छन् । तर एमालेलाई कति सिट दिने भन्नेबारे टुङ्गो लागेको छैन । यस्तै, राष्ट्रियसभा चुनावमा एमालेसँग सहकार्य गर्न कांग्रेस र माओवादी केन्द्र सकारात्मक देखिएपछि सरकारलाई समर्थन गरेका अरु साना दल असन्तुष्ट देखिएका छन् ।

जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र जनमत पार्टीले राष्ट्रियसभा चुनावमा एमालेसँग सहकार्य गर्न नहुने अडान राख्दै आएका छन । यसबारे छलफल गर्न गठबन्धन दलको बैठक आज पनि बस्दैछ । आउँदो माघ ११ गते राष्ट्रियसभाको रिक्त २० वटा सिटमा चुनाव हुँदैछ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु