मन्त्री हमालले बुझाए प्राधानमन्त्रीलाई राजीनामा पत्र

छिनोफानो   आइतबार २४, असोज २०७८ १०:३२

 उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएका हुन् ।

मन्त्रिपरिषद्‌मा प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’मा उनलाई मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भएको थियो । आफूले स्वविवेक प्रयोग गरेको र विवादमा फस्न नचाहेकाले राजीनामा दिएको हमालको भनाई छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार हमाल राजीनामा पत्र दिएर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु