"पैतलाका फोकाहरू "
जब उनीहरु हिंडे 
हराएको न्याय खोज्न ,
गाडी गुड्ने राजमार्ग लाई पदमार्ग बनाएर 
जहाँ
पैतलाका फोकाहरु
अन्यायका अनेकन शृङ्खलाहरु माथी 
प्रश्नहरु तेर्साउदै 
चिच्याई रहेका छ्न 
न्याय , न्याय , न्याय  !
उफ
यति विघ्न 
कठिन , पिडादायी अनि भयंकर हुँदो रहेछ 
न्याय खोज्ने यात्रा !
✍️ विरेन्द्र शाह
प्रतिकृया दिनुहोस