राष्ट्रियसभा सदस्य चयन गर्न मतदान सुरु

छिनोफानो   बिहिबार ११, माघ २०८० ०९:५२

धनगढी  । राष्ट्रिय सभा निर्वाचनका लागि धनगढीमा मतदान सुरु भएको छ । राष्ट्रियसभाको निर्वाचन केन्द्र तोकिएको धनगढीस्थित प्रदेशसभा सचिवालय परिसरमा मतदान ९ बजेपछि सुरु भएको हो ।

प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले पहिलो मत खसालेका छन् । मतदानका लागि प्रदेश सभाको खुल्ला प्राङ्गणमा एक मतदान केन्द्र बनाइएको छ । एक मतदान केन्द्रमा दुई वटा मतदान स्थल रहेका छन । निर्वाचनमा ५२ प्रदेश सभा सदस्य र १७५ स्थानीय तहका जनप्रतिनिधीहरुले मतदान गर्ने निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले बताए ।

प्रदेशमा आज विहान ९ बजेदेखि ३ बजेसम्म मतदानको समयावधि तोकिएको छ । सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि हुन लागेको निर्वाचनमा प्रदेशमा छ जनाको उम्मेदवारी रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा पाँच दलको गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने छ । पाँच दलको गठबन्धनबाट सत्ता गठबन्धन दलतर्फ नेपाली काँग्रेसका उम्मेद्वार बलदेव बोहरा र नारायणदत्त भट्टले उम्मेदवारी दर्ता गराए ।
कञ्चनपुरका पूर्व जिल्ला सभापति बोहराले अन्यमा र अल्पसङ्ख्यकरअपाङ्गमा कैलाली जिल्ला सभापति भट्टले मनोनयन दर्ता गराएका छन् ।

महिलातर्फमा नेकपा माओवादीकी चन्दले यसअघि उम्मेदवारी दर्ता गराएकी थिईन । नेकपा एमालेतर्फबाट महिलाबाट कैलालीकि सावित्रादेवी घिमिरे, अन्यबाट कञ्चनपुरकी ईश्वरीप्रसाद खरेल र अपाङ्गता र अल्पसंख्यकबाट कैलालीका रामचन्द्र जोशी उम्मेद्वार दिएका छन ।

स्थानीय तहको निर्वाचन हुँदा प्रदेशमा अंकगणितका हिसाबमा गठबन्धन दल बलियो रहेको छ ।  स्थानीय तहका एक मतदाताको मतभार १८ छ । यस्तै प्रदेशसभाका एक मतदाताको मतभार ४८ कायम गरिएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु