थ्री स्टार क्लब आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा

छिनोफानो   आइतबार १४, माघ २०८० ०७:१५

काठमाण्डौ – थ्री स्टार क्लब २३ औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा हिजो भएको खेलमा भुटानी क्लब पारो एफसीलाई हराउँदै थ्री स्टार अन्तिम चारमा पुगेका हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा गएको खेलमा आशिष चापागाइले दुई गोल गरेपछि थ्री स्टार २–० गोलले विजयी भयो ।

भुटानी लिग विजेता क्लब पारोको पोखरा गोल्डकपमा पहिलो सहभागिता थियो । थ्री स्टारले अब आउँदो बुधवार जावलाखेल र मनाङमर्स्याङ्दीमध्ये एउटासँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत आज दिउँसो साढे २ बजे सङ्कटा क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु