सुदूरपश्चिममा माओवादी दलको नेता फेर्ने निर्णय तत्काल सच्याउन निर्देशन

छिनोफानो   आइतबार १४, माघ २०८० १२:०२

धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले संसदीय दलको नेता फेर्ने निर्णय तत्काल सच्याउन निर्देशन दिएको छ । प्रदेशमा माओवादी दलको नेता फेर्ने निर्णयमा पार्टीको असहमति भएको छ ।

शनिवार बसेको प्रदेश अध्यक्ष हरिराम चौधरी (उत्सव) को अध्यक्षतामा बसेको पदाधिकारी बैठकले उक्त निर्णय सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।

संसदीय दलका नेता खगराज भट्टको जानकारी बिना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुराप्रती ध्यानाकर्षण भएको जनाउँदै सच्याउन निर्देशन दिने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु