खगराज भट्टलाई सुदूरपश्चिम संसदीय दलको नेताबाट नहटाउन माओवादीको निर्देशन

छिनोफानो   आइतबार १४, माघ २०८० १२:२८

काठमाण्डौ – नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीले संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाउने निर्णय तत्काल सच्याउन निर्देशन दिएको छ । हिजो बसेको प्रदेश कमिटीको पदाधिकारी बैठकले दलको नेता परिवर्तन गर्ने निर्णय प्रदेशका हजारौँ कार्यकर्ताको मनोभावना विपरीत रहेको निष्कर्ष निकाल्दै निर्णय सच्याउन निर्देशन दिएको हो ।

अस्ति शुक्रवार प्रदेश संसदीय दलको बहुमतले खगराज भट्टलाई दलको नेताबाट हटाउने निर्णय गरेको थियो । उहाँको ठाउँमा त्यसअघि प्रमुख सचेतक रहेका मानबहादुर धामीलाई दलको नेता चयन गरेको थियो । संसदीय दलको नेता हटाउने निर्णयप्रति प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको र निर्णय पार्टीको विधिविपरीत भएको प्रदेश कमिटीको ठहर छ ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु