माओवादी केन्द्रको सुदूरपश्चिम इन्चार्ज मा खगराज भट्ट

छिनोफानो   आइतबार २४, असोज २०७८ ०६:२१

नेकपा माओवादी केन्द्रको सुदूर पश्चिम इन्चार्जमा खगराज भट्ट  तोकिएका छन्। माओवादी केन्द्रको स्थायी कमिटी बैठकले  इन्चार्जमा खगराज भट्ट संगै सह इन्चार्जमा लक्ष्मण दत्त जोशी, तारामान स्वार, नेप बहादुर चौधरि ,त्रिलोचन भट्ट, बिना मगर,रेणु चन्द र बिरमान चौधरी  लाई तोकेको छ ।

यसैगरी बैठकले  प्रदेश अध्यक्षमा सरद सिह भण्डारी र सचिबमा  देबिलाल चौधरी लाई चयन गरेको छ। यसअघि डोटी इन्चार्ज रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मुख्यमन्त्री त्रिलोचन भट्ट सुदूरपश्चिम प्रदेश सह–इन्चार्ज भएसंगै डोटीको इन्चार्जमा शिवसिंह ओली  तोकिएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु