कञ्चनपुरमा हाइसको ठक्करबाट एक महिलाको मृत्यु

छिनोफानो   शुक्रबार १९, माघ २०८० १०:२४

कञ्चनपुर । कञ्चनुरमा हाइसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

जिल्लाको बेदकोट नगरपालिका–१० शिशैया हरपालकी ४० वर्षीया मञ्जु रावल कठायतको हाइसको ठक्करबाट बिहीबार साँझ हाइसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिनेश बहादुर कठायतले आफ्नै घरको आँगनमा बागमती प्रदेशको ०१०२९ च २८०६ नम्बरको हाइस चलाउने क्रममा हाईसको ठक्करबाट उनी घाइते भएकी थिइन्।

उनको उपचारको क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु