अनिल शाह र देव खनाल लिग २ को स्क्वाडमा समेटिए, अर्जुन र रिजन बाहिर

छिनोफानो   बुधबार ०२, फागुन २०८० ०७:५४

काठमाडौं । घरेलु मैदानमा बिहिवारबाट सुरु हुने आईसीसी विश्वकप एकदिवसीय क्रीकेट लिग–२ अन्तर्गतको पहिलो सिरिज खेल्ने नेपाली टोलीमा अनिलकुमार शाह र देव खनालको इन्ट्री भएको छ ।यसअघि वैकल्पिक खेलाडीका रुपमा रहेका अनिल र देव दुवै टिममा इन्ट्री गरेका हुन् ।

अनिल र देवको इन्ट्रीसंगै टोलीबाट अर्जुन साउद र रिजन ढकाल बाहिरिएका छन् ।अनिल र देवले केही दिन घरेलु मैदानमा भएको क्यानडाविरुद्धको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

लिग–२ अन्तर्गतको पहिलो सिरिज टियु क्रीकेट मैदानमा बिहिवारदेखि नेपाल, नेदरल्यान्ड र नामिबियाबिच सुरु हुँदै छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु