विश्वकप लिग २ : नामिबिया र नेदरल्याण्ड्स भिड्दै

छिनोफानो   सोमबार ०७, फागुन २०८० ०८:४५

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्ड कप लिग टुमा आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदै छ ।बिहान सवा ९ बजेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली लिग टुमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

पहिलो खेलमा नामिबियाले नेपाललाई पराजित गरेको थियो भने नेदरल्याण्ड्स नेपालसँग पराजित भएको थियो । नेदरल्याण्ड्स आजको खेलमा जित निकाल्दै अंक बटुल्ने सोचमा छ भने नामिबिया पनि आज जित निकाल्दै बलियो दावेदारी प्रस्तुत गर्न चाहन्छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु