मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बढे : बाग्मती सबैभन्दा खराब, सुदूरपश्चिम उत्कृष्ट

छिनोफानो   मङ्गलबार ०८, फागुन २०८० ०९:२५

काठमाण्डौ ( सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा ९ हजार ३ सय ८८ जना पीडित भएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ सार्वजनिक गर्दै सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा ९ हजार ३ सय ८८ जना पीडित भएको तथ्याङ्क हिजो सार्वजनिक गरेको हो ।

सन् २०२३ अर्थात २०७९ पुस १७ देखि २०८० पुष १५ गतेसम्म मानव अधिकार उल्लङ्घनका घटनामा १ सय ४६ जना महिला र ८ सय ४२ पुरुष गरी जम्मा ९ सय ८८ जना पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी ज्यादतीका घटनामा ७ हजार ७ सय १६ महिला र ६ सय ८२ जना पुरुष पीडित भएको तथ्याङ्क छ ।

इन्सेकले सन् २०२२ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएको उल्लेख गर्दै सन् २०२३ मा यो सङ्ख्या सन् २०२२ भन्दा २ हजार १२ जनाभन्दा बढी भएको जनाएको छ ।

यसैबीच,  सन् २०२३ को मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा बाग्मती प्रदेशमा मानव अधिकारको अवस्था सबैभन्दा खराब देखिएको छ भने सुदूरपश्चिम प्रदेश उत्कृष्टमा पर्न सफल भएको छ ।

सूचकाङ्कमा ८५ दशमलव २४ अङ्कसहित बाग्मती सबैभन्दा खराब अवस्थामा रहेको तथ्याङ्कले देखाएको छ । त्यसपछि मधेसको ६४ दशमलव ३९, कोशीको ४९ दशमलव ८१, लुम्बिनीको ४२ दशमलव १२, कर्णालीको ३१ दशमलव २५, गण्डकीको १६ दशमलव ३६ र सुदूरपश्चिमको ९ दशमलव ५१  अङ्क रहेको सूचकाङ्कमा समावेश गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु