नेपालको ‘ए’ टोलीले आज क्यानडा-११ सँग दोस्रो अभ्यास खेल खेल्दै

छिनोफानो   मङ्गलबार ०८, फागुन २०८० ०९:२८

काठमाण्डाै - नेपाल ‘ए’ र क्यानडा ११ बीचको दोस्रो अभ्यास खेल आज हुँदैछ । खेल मूलपानीमा रहेको  क्रिकेट मैदानमा साढे ९ बजेदेखि शुरु हुनेछ ।

अस्ति आइतवार भएको पहिलो खेलमा नेपाल ‘ए’ क्यानडासँग ४ विकेटले पराजित भएको थियो । तीन खेलको शृङ्खला जोगाउन नेपाललाई आज जित्नैपर्ने दबाब छ ।

तेस्रो तथा अन्तिम अभ्यास खेल पर्सि बिहीवार हुनेछ । यसअघि नेपालले क्यानडासँगको तीन खेलको एकदिवसीय शृङ्खलामा क्लिन स्वीप गरेको थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु