विश्व कप क्रिकेट लिग–२ को तेस्रो खेलमा आज नेपाल र नामिबिया खेल्दै

छिनोफानो   बुधबार ०९, फागुन २०८० ०७:०८

काठमाण्डाै - नेपालले सन् २०२४ को आईसीसी विश्व कप लिग–२ को तेस्रो खेलमा आज नामिबियासँग खेल्दैछ ।

खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेदेखि शुरु हुनेछ । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो ।

नामिबिया र नेदरल्यान्ड्सबीच अस्ति सोमवार भएको खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल र नामिबियाबीच अहिलेसम्म  ७ वटा खेल भएका छन् । नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित हुँदा एउटा खेल नतिजाविहीन भएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु