एमाले कैलाली जिल्ला अधिवेशन : आज मतदान हुने

छिनोफानो   बुधबार ०९, फागुन २०८० १०:४६

धनगढी । नेकपा  एमाले कैलाली जिल्ला अधिवेशनको चौथो दिन आज मतदान हुने भएको छ  । आज बुधबार दिउँसो २ बजे देखी मतदान हुने प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले जानकारी दिए ।

यस अघि सार्वजनिक गरिएको निर्वाचन तालिकामा आज बिहान १० बजे देखी मतदानको समय निर्धारण गरिएको थियो ।तर, प्राविधिक तयारी नभएको भन्दै आज बिहान सम्मको लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो ।

अहिले बिहान अर्को तालिका जारी गर्दै दिउसो २ बजे देखी ५ बजे सम्म मतदान हुने बताइएको छ । मतदाताको अन्तिम नामावली प्रकाशन गरेर अहिले उम्मेदवारी दर्ता भइरहेको प्रमुख निर्वाचन अधिकृत  जोराले बताए । 

अध्यक्षमा   यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी र डेजी पाण्डेले दाबी गरिरहेका छन् । जोशीले प्यानलसहित उम्मेदवारीको घोषणा गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु