अछाममा जिप दुर्घटना हुँदा १५ जना घाईते

छिनोफानो   बुधबार ०९, फागुन २०८० १०:४८

अछाम । अछामकोे चौरपाटी गाउँपालिका वडा नं।५ लुंग्रा स्थित आमरुख नजिक जिप दुर्घटनामा १५ जना घाईते भएका छन् । से १ ज  ४२९ नम्वरको जीप आज विहान साढे ८ वजे दुर्घटना भएको  प्रहरी निरिक्षक राजेन्द्र साउदले धनगढी खबरलाई बताए ।

बर्ष ५१ का चालक तेज बहादुर रावलले चलाएको गाडी दुर्घटना भएको प्रहरी निरिक्षक साउदले जानकारी दिए । दुर्घटनामा चालक पनि घाइते भएका छन् । दुर्घट्ना घाईते सवैलाई उपचारको लागि वयलपाटा अस्पताल लगिएको उनले बताए। लुग्राबाट साँफेबगर आउने क्रममा जिप दुर्घटनामा परेको हो । 

जिप एक सय ५० मिटर तल खसेको उनले बताए । घट्नाको थप विवरण आउने वाँकी रहेको प्रहरी निरिक्षक साउदले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु