एमाले कैलाली अधिवेशन: अध्यक्षमा चार जनाको उम्मेदवारी

छिनोफानो   बुधबार ०९, फागुन २०८० ०१:०२

कैलाली । नेकपा  एमाले कैलाली जिल्ला अधिवेशनको चौथो दिन आज मतदान हुने भएको छ  । अध्यक्षमा चार जनाले उम्मेदवारी दिएका छन् ।

अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी, डेजी पाण्डे र कमलसिंह रानाले उम्मेदवारी दिएका छन् । 

 उपाध्यक्षमा विष्णु चौधरी, वीरेन्द्र रावल,आनन्द भट्ट, मदनराज ओझा,दलबहादुर विष्ट र लोकेन्द्रबहादुर शाही छन् । सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा, र ममता प्रसाद चौधरी रहेका छन् ।

उपसचिवमा राजु गुरुङ,किशोर शाह, चुडामणी भट्ट, मदनराज रेग्मी, नृप खड्का, रत्ना कुवर जोशी, भुवन रिजाल , चक्र बहादुर विष्ट, अम्बिका विष्ट मल्ल, गङ्गा कुमारी चौधरी शान्ति देवी सिंह र गीता चौधरी रहेका छन् ।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले नवौँ जिल्ला अधिवेशनले उद्घाटन गरेका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु