नेकपा एमाले कैलालीको अध्यक्षमा ढंगाना निर्बाचित

छिनोफानो   शनिबार १२, फागुन २०८० ०७:५७

धनगढी । नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढंगाना निर्बाचित बनेका छन शुक्रबार राती सम्पन्न मतगणना पछि ढंगानाले बर्तमान कार्यसमितिका दुुई जना पदाधीकारीलाई पाखा लगाउदै नेकपा एमाले कैलालीको अध्यक्षमा जितेका हुन । उनले वर्तमान कार्यसमितिका कार्यबाहक अध्यक्ष दुुर्गा प्रसाद जोशी र सचिव डेजी पाण्डेलाई हराएका हुन । 

पदाधीकारीको अन्तिम मत परिणाम अनुसार ढुंगानाले २८७, पाण्डेले २१८ र जोशीले ६३ मत प्राप्त गरे । अध्यक्षका उमेदवार तीनै जनाले प्यानलसहित उम्मेदवारी दिएका थिए । तर प्यानलमा भने मिश्रीत परिणाम आएको छ । 

उपाध्यक्षमा डेजी पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतले विजयी भएका छन । उनले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर बिष्टले एक सय ८८ मत पाए । उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले एक सय ६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याएका छन ।

सचिवमा पनि पाण्डे प्यानलका ममताप्रसाद चौधरी विजयी भएका छन । चौधरी दुई सय ४३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले एक सय ६८ मत पाए । सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले एक सय ४७ मत प्राप्त गरेका छन । विश्वकर्मा दुुर्गा प्रसाद जोशी प्यानलबाट चुनाव लडेका थिए । 

उपसचिव खुलामा भने ढुंगाना प्यानलका चुडामणी भट्ट विजयी भएका छन । भट्ट दुई सय ५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले एक सय २३ मत पाए । यस्तै अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरूङले ७१ मत पाएका छन । 
उपसचिव महिलामा गंगाकुमारी चौधरी एक सय ९६ मतसहित विजयी भएकी छन । उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले एक सय ६१, रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाएकी छन ।
फागुन ६ गते सुरू भएको एमाले नवौँ अधिवेशनमा छैटौं दिन शुक्रबार मात्र मतदान भएको थियो । कुल पाँच सय ९१ प्रतिनिधि रहेकोमा पाँच सय ७७ मत खसेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु