राजेन्द्र महतोले छाडे लोसपा,राष्ट्रिय मुक्ति आन्दोलनको घोषणा

छिनोफानो   सोमबार १४, फागुन २०८० ०१:५३

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन्।

सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा उनले लोसपा परित्याग गरेको घोषणा गर्दै राष्ट्रिय मुक्ति आन्दोलनका घोषणा गरेका हुन्।
‘मैले यो अभियानमा आउन मेरो पूर्व पार्टीलाई पनि आह्वान गरेको छु,’ उनले भने।

महतोले संविधान जारी भएपछि ६ महिना मधेसी जनताले संघर्ष गर्दा पनि हार बेहोर्नुपरेको उल्लेख गरे। त्यसैले देशका सबै उपेक्षित, उत्पीडित समुदायलाई समेटेर अर्को बृहत्तर आन्दोलनको जरूरी भएको र त्यसलागि लोसपालगायत सबै शक्तिलाई आह्वान गरिएको उनले बताए।

‘संविधान निर्माणको क्रममा भएको ऐतिहासिक मधेश÷थरूहट आन्दोलनलाई पहाड विरोधी, जातिय, सम्प्रदायिक, भारतद्वारा सञ्चालित आन्दोलन जस्ता कुप्रचार गरी यसै बहानामा दुष्मन देशका दुष्मन नागरिक सरह बर्बरतापूर्ण दमन गर्दा पनि ६ महिनासम्म जनताले प्रतिरोध गरि रहे, बलिदान दिई रहे,’ उनले भने, ‘तर दुःखद् कुरा मधेश थरूहटका जनताको हार भयो, आन्दोलन तुहिन गयो।’ 

यही बखत भएको लिम्बुवान लगायत अन्य आदिवासी जनजातिहरूको पहिचानवादी आन्दोलन पनि सफल हुन नसकेको उनको निष्कर्ष छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु