राष्ट्रिय सभाका अध्यक्ष सहित २० जनाको पदावधि आजदेखि सकिँदै

छिनोफानो   सोमबार २१, फागुन २०८० ०९:३३

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सहित २० जनाको पदावधि आइतबारदेखि सकिँदैछ।  उनीहरुको स्थानमा नयाँ सदस्यहरु निर्वाचित भइसकेका छन्। उनीहरुको सपथ सोमबार हुँदैछ। 

नयाँ संविधान बमोजिम राष्ट्रिय सभा गठन भएपछि पहिलो पटक कार्यकाल निर्धारण गर्न गोला प्रथा भएकोमा त्यसबेला ६ वर्षे कार्यकाल निर्धारण भएका सांसदको पदावधि आजदेखि सकिएको हो।

पदावधि सकिनेमा एमालेबाट निर्वाचित राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ, रामचन्द्र राई छन्।  

राष्ट्रिय सभामा कांग्रेसबाट निर्वाचित पाँच सांसदको पनि पदावधि सकिएको छ। कांग्रेसका  अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ, रमेशजंग रायमाझी र दृगनारायण पाण्डेको पदावधि सकिएको छ। 

माओवादीका तीन जनाको पनि पदावधि सकिएको छ। जसमा महेशकुमार महरा, बिना पोखरेल र हरिराम चौधरी छन्।

एकीकृत समाजवादीका नन्दा चपाईं र सिंगबहादुर विश्वकर्माको पदावधि सकिएको छ। 
जसपाकी प्रमिला कुमारीको पनि पदावधि सकिएको छ।

त्यस्तै, स्वतन्त्रबाट निर्वाचित खिमलाल देवकोटाको पनि पदावधि सकिएको छ। 

राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको पनि पदावधि सकिएको छ। पौड्यालको ठाउँमा मन्त्रिपरिषद्को सिफारिसमा एक जना मनोनित हुनेछन् भने बाँकी १९ सांसदका लागि निर्वाचन भएको थियो।

उनीहरुले अवकाश पाउने भएपछि बिहीबारको राष्ट्रिय सभा बैठकमा ६ वर्षे पदावधि पूरा गरी बिदाइ हुन लागेका सांसदहरूले आफ्नो अनुभव व्यक्त गर्ने मौका दिइएको थियो।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिदाइ हुन लागेका सांसदहरूको अनुभव आउँदा दिनमा पनि उपयोगी हुन सक्ने उल्लेख गर्दै आफ्नो अनुभव प्रस्तुत गर्न समय उपलब्ध गराएका थिए। उनीहरुले संघीय स‌ंसद्‌को माथिल्लो सदनलाई सरकारले बेवास्था गरेको भन्दै गुनासो गरे।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु