मुख्यमन्त्री शाहले गरे माओबादी केन्द्रका मन्त्रीलाई बर्खास्त

छिनोफानो   मङ्गलबार २२, फागुन २०८० ०१:३८

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरेका छन । केन्द्रमा कांग्रेस-माओवादीको गठबन्धन भंग भएर एमाले सहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री शाहले उनीहरूलाई बर्खास्त गरेका हुन् ।  बर्खास्त हुनेमा उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गितादेवी माल रहेका छन् ।

 मुख्यमन्त्री शाहले  माओवादीबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेपनि नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई भने कायम राखेका छन छन । सुदूरपश्चिममा नाउपा र नेकपा(एस) को समर्थन कायम भए मुख्यमन्त्रीलाई बहुमुत पुग्छ ।

 प्रदेशमा काँग्रशका १८ नाउपाका ७ र एकिकृत समाजबादीका ४ जना सांसद रहेका छन । सोही कारण मुख्यमन्त्रीले माओवादीबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री शाहले पत्रकार सम्मेलन गर्दै माओवादीका मन्त्रीहरूलाई बर्खास्त गरिएको बारेमा जानकारी दिदै छन् । सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका ११, एमालेका १०, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु