राष्ट्रिय सभा अध्यक्ष पदमा नारायण दाहाल निर्वाचित

छिनोफानो   मङ्गलबार २९, फागुन २०८० ०१:३०

राष्ट्रिय सभा अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्री) का सांसद नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएको छ । उहाँ ३९ मत प्राप्त गरी विजयी हुनु भएको हो । 

राष्ट्रिय सभाको मङ्गलबारको बैठकमा प्रस्तुत गरिएका दुई उम्मेदवारको प्रस्तावलाई निर्णयार्थ पेश गरिँदा अध्यक्ष पदमा दाहाल निर्वाचित हुनुभएको हो । 

दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा नेकपा (एकीकृत समाजवादी) का बेदुराम भुसाल हुनुहुन्छ ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माले १७ मत प्राप्त गर्नुभयो । बैठकमा युवराज शर्माको पक्षमा मत विभाजन हुँदा उहाँको पक्षमा जम्मा १७ मत र विपक्षमा ४९ मत परेको थियो । शर्माको मत विभाजन प्रक्रियामा ५६ सांसद उपस्थित हुनुभएकोमा उहाँको पक्षमा १७ र विपक्षमा ३९ मत परेको हो । राष्ट्रिय सभामा नेपाली कांग्रेसको १६ मत रहेको छ ।

दाहाललाई सत्तारुढ दलका शीर्ष नेताले राष्ट्रिय सभा अध्यक्षका लागि गठबन्धनका साझा उम्मेदवार दाहाललाई मतदान गर्न सांसदहरुलाई अपिल गरेको थियो ।

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एमाले)का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार यादवले गठबन्धनको साझा उम्मेदवारलाई मतदान गरी विजयी गराउन आग्रह गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु