नेपालमा पछिल्लो २४ घण्टामा ७९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

छिनोफानो   मङ्गलबार २६, असोज २०७८ ०५:५१

नेपालमा पछिल्लो २४ घण्टामा ७९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९,६१९ जनामा गरिएको परीक्षणमा ७९२ संक्रमित थपिएका हुन् ।

सोही अवधिमा थप १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ । योसँगै सक्रिय संक्रमितको संख्या १४ हजार ५५४ रहेको मन्त्रालयले जनाएको छ ।
यसमध्ये १३ हजार ४५९ जना होम आइसोलेसन, १ हजार ९५ जना संस्थागत आइसोलेसन, ३०६ जना सघन उपचार कक्ष तथा १०२ जना भेन्टिलेटरमा छन् । पछिल्लो २४ घण्टामा थप ९१० जना संक्रमणमुक्त बनेका छन् । यही अवधिमा थप ६९ हजार ८२४ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु