सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको कार्यभार : ‘प्रचण्ड’

छिनोफानो   मङ्गलबार २६, असोज २०७८ ०६:०६

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको कार्यभार रहेको बताएका छन् ।

दशैं, तिहार, नेपाल संवत्, छठलगायतका चाडपर्वहरुको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु–याउँदै आएकाले यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु हाम्रो कार्यभार रहेको बताएका हुन् ।

उनले भनेका छन् – बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वहरुका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन् । यिनै आफ्नै पहिचानयुक्त सांस्कृतिक धरोहरका कारण नेपाल आदिकालदेखि नै स्वतन्त्र, अविभाज्य र एकतावद्ध राष्ट्र बन्न सफल भएको हो ।

चाडपर्वहरुको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उनले स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गरी चाडपर्व मनाउन अपिल पनि गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु