फिलिपिन्समा आँधी : ९ जनाको मृत्यु, ११ बेपत्ता

छिनोफानो   बुधबार २७, असोज २०७८ ११:१६

फिलिपिन्समा उष्ण तटीय भिषणा आँधी कोम्पासुका कारण आएको बाढी र पहिरोमा परेर कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार मृतक उत्तरी फिलिपिन्स प्रान्त र लुजोन टापु नजिकै रहेको द्वीप पलावानका बासिन्दा हुन् । आँधीका कारण विभिन्न १५ वटा क्षेत्रमा बाढी र चार क्षेत्रमा पहिरो भएको छ । जसका कारण सडक र पुलहरू नराम्रोसँग प्रभावित भएका छन् ।

आँधीले लुजोन टापुको कम्तीमा तीन क्षेत्रमा १६ सय भन्दा बढी मानिसलाई विस्थापित भएका त्यहाँको वायुमण्डलीय, भूभौतिकीय र खगोलीय सेवा प्रशासनले जनाएको छ । स्थानीय समय अनुसार बिहान १० बजेतिर तूफान लुजोन टापुको उत्तरपूर्वी भागबाट आँधी सुरु भएको थियो ।

स्थानीय प्रशासनका अनुसार उक्त तूफान पश्चिमतिरबाट उत्तर पश्चिमतिर २० किमी प्रति घण्टाको गतिमा थियो । यसैबीच उत्तरी फिलिपिन्समा भारी वर्षाको कारण पहिरो र बाढी आउँन सक्ने चेतावनी त्यहाँको स्थानीय प्रशासनले दिएको छ । आँधीबेहरीले फिलिपिन्सलाई नराम्रोसँग सताइरहेको छ ।यसै वर्ष आँधीले त्यहाँ सयौंको ज्यान लिइसकेको छ भने अर्बौं डलरको नोक्सान गरेको छ । एजेन्सी

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु