सभापती देउवालाई भेटन मुख्यमन्त्री शाह काठमाण्डौमा,विश्वासको मत लिने,वा राजिनामा दिने बारे छलफल गर्ने

छिनोफानो   मङ्गलबार २०, चैत २०८० १२:२४

धनगढी । विश्वासको मत लिने समय नजिक आईरहेका बेला सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह काठमाडौँ पुगेका छन । मूख्यमन्त्री शाह काँग्रेश सभापती शेर बहादुर देउवा सँग छलफल पछि बिस्वासको मत लिने या राजिनामा दिने भन्ने बारे  अन्तिम निर्णय लिने बताईयको छ । 
नयाँ सत्ता समीकरण बनेपछि २३ फागुनमा माओवादी केन्द्रले मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिएको थियो । 

संवैधानिक व्यवस्थाअनुसार शाहले माओवादीले समर्थन फिर्ता लिएको ३० दिन अर्थात २२ चैतभित्र प्रदेशसभाबाट विश्वासको मत लिनु पर्नेछ । प्रदेशसभा नियमावली २०७४ को परिच्छेद १८ को खण्ड १४३ उपनियम २ ले मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्ने सूचना दुई दिन अगावै प्रदेशसभाका सचिवलाई दिनुपर्ने व्यवस्था गरेको छ ।

मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिन मंगलबार साँझसम्म अनिवार्य रुपमा प्रस्ताव दर्ता गराई सक्नु पर्नेछ तर मुख्यमन्त्रीले अहिलेसम्म प्रदेशसभा सचिवालयलाई विश्वासको मतबारे कुनै जानकारी दिएका छैनन । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु