बाग्मती प्रदेशमा विनाविभागीय मन्त्रीमा नियुक्त रमा आलेको शपथ

छिनोफानो   मङ्गलबार २०, चैत २०८० १२:३५

मकवानपुर – बाग्मती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) बाट विनाविभागीय मन्त्रीमा नियुक्त रमा आलेमगरले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बिहान उहाँलाई विनाविभागीय मन्त्रीको शपथ गराउनुभएको हो ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मगरलाई हिजो बेलुका मन्त्री नियुक्त गर्नुभएको थियो । सांसद रमा आलेमगर एकीकृत समाजवादीबाट प्रदेशमा प्रत्यक्ष निर्वाचित एक्लो महिला सांसद हुनुहुन्छ । उहाँ काठमाण्डौ प्रतिनिधि सभा क्षेत्र नम्बर–१० को प्रदेश ‘ख’ बाट निर्वाचित हुनुभएको हो ।

बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक हिजो विश्वासको मत प्राप्त गर्नुभएको हो । बाग्मतीमा अझै चार वटा मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी नै छ ।

मन्त्रालयमा एकीकृत समाजवादी र एमालेबीच भागबन्डाकाे टुङ्गो छिट्टै लगाउने गरी छलफल भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु