सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विहीबार विश्वासको मत लिने

छिनोफानो   मङ्गलबार २०, चैत २०८० १२:५३

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले विहीबार विश्वासको मत लिने भएका छन । विश्वासको मतका लागि संसद बोलाई दिन मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सभामुखलाई मंगलबार बिहान पत्र पठाएको छ ।
 मुख्यमन्त्री शाहले ‘विहीबार विश्वासको मत लिने भनेर पत्र आएको सभामुख भीम बहादुर भण्डारीले बताए । उनले भने सोही अनुरुप विहीबार संसद बोलाउने तयारी भईरहेको छ ।  फागुनको २३ गते देखि नेकपा माओवादी केन्द्र र समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए । हाल प्रदेश सभामा काँग्रेशका १८ नाउपाका ७ र एक जना स्वतन्त्र गरी २६ जनाको समर्थन कायम रहेको छ । 

उनलाई बहुमतका लागि २७ प्रदेश सभा सदस्यको आवश्यक पर्दछ । ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममासभा नेकपा माओवादी केन्दैका ११ नेकपा एमालेका १०,एकिकृत समाजबादीका ४ र राप्रपाका १ जना प्रदेश सांसद रहेका छन । मुख्यमन्त्री शाहलाई बिस्वाशको मत दिने नदिने बारे नाउपामा बिबाद कायमै रहको छ ।

नाउपाले बिस्वासको मत दिए पनि शाहलाई पर्याप्त संख्या पुग्दैन । एक जना स्वतन्त्र साँसदले बिस्वासको मत दिए पछि पनि राप्रपाको साथ नभए मुख्यमन्त्री शाहलाई सरकार जोगाउन मुस्कील देखिन्छ । राप्रपा ले कसैलाई पनि साथ नदिने अडान राख्दै आएको छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु