नाउपा बिवाद : रञ्जिताको निर्देशन विपरीत सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत दिन संसदीय दलको ह्वीप

छिनोफानो   बुधबार २१, चैत २०८० ०६:१०

धनगढी । नागरिक उन्मुक्ति पार्टी ९नाउपा० सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

नाउपाका प्रमुख सचेतक खुसीराम डगौंरा थारूले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेकी हुन् । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले यसअघि प्रदेशसभा सदस्यलाई पत्र लेख्दै मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन निर्देशन दिएकी थिइन् ।

तर श्रेष्ठको निर्देशन विपरीत प्रदेश संसदीय दलले ह्वीप जारी गरेको हो ।श्रेष्ठले प्रदेश कृषि राज्यमन्त्री इन्दिरा गिरीलाई प्रदेशसभा सदस्यबाट हटाएकी छन् ।सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिँदैछन् ।

प्रदेशसभाको सबभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन् । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ । मुख्यमन्त्री शाहले सरकार जोगाउने प्रयासमा नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का ५ सांसदलाई मन्त्री बनाएका छन् ।

गठबन्धनसँग माओवादीका १० ९सभामुख बाहेक०, एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद छन् । त्यसैले गठबन्धनलाई नयाँ सरकार गठनका लागि बहुमत जुटाउन पनि नागरिक उन्मुक्ति पार्टीकै समर्थन चाहिन्छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु