सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिदै

छिनोफानो   बिहिबार २२, चैत २०८० ०२:२८

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिदैं छन्। माओवादी केन्द्र र एकीकृत समाजवादीले साथ छोडेपछि आफ्नो पक्षमा बहुमत जुटाउन उनले विश्वासको मत लिने भएका हुन्।

सरकारले कुनै पनि पार्टीको साथ गुमाएपछि सदनबाट विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान रहेको छ। बिहिवार ३ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गरेका छन्। 

अल्पमतमा रहेका मुख्यमन्त्री शाह विश्वासको मत अगाडि आफ्नो पक्षमा मत दिनका लागि अन्तिम कसरत गरिरहेका छन्। उनले राप्रपालाई मनाइ रहेको बुझिएको छ। राप्रपाले भने सरकारमा सहभागि नहुने निर्णष् गरेको छ। नागरिक उन्मुक्ति पार्टी, राप्रपा र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको मत पाउने आशामा मुख्यमन्त्री शाह रहेका छन्। यद्यपि, सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीमा पनि विभाजन देखा परेकाले उन्मुक्तिकै केही सदस्यबाट मुख्यमन्त्री शाहले मत पाउन नसक्ने सम्भावना पनि देखिएको छ।

सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन्। सुदूरपश्चिममा बमुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवश्यक हुन्छ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु