सुदूरपश्चिममा आजै नयाँ सरकारको गठनका लागि आव्हान गरिने

छिनोफानो   शुक्रबार २३, चैत २०८० ११:०४

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आज आव्हान हुने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार साँझ राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाले आजै नयाँ सरकार गठनका लागि आव्हान गर्ने तयारी भएको छ ।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेश ढुङानाले नयाँ सरकार गठन गर्नका लागि आव्हान गर्ने तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । प्रदेश प्रमुख मियाले बिहीबारदेखि नै राजनीतिक दल, कानुनका विज्ञहरूसँग नयाँ सरकार गठनका लागि आव्हान गर्नका लागि परामर्श लिइरहनु भएको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना सदस्य रहेका छन् । नयाँ सरकार बनाउन २७ जनाको समर्थन आवश्यक पर्छ । सङ्घीय सरकार अनुसार गठबन्धन बनाउन आवश्यक सङ्ख्या भन्दा बढी ३१ जना प्रदेश सभा सदस्य छन् । तर सात सदस्य रहेको नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादमा फसेकोले नयाँ सरकार बन्न कठिनाइ भइरहेको छ । 

सङ्घीय सरकारमा रहेका नेकपा (एमाले), नेकपा ( माओवादी) सँग १०-१० जना र नेकपा (एकीकृत समाजवादीसँग चार जना प्रदेश सभा सदस्य गरेर २४ मात्र रहेका छन् । 

प्रदेश सभामा नेपाली काँग्रेसका १८, राप्रपा र स्वतन्त्रका १-१ जना प्रदेश सभा सदस्य छन् ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु