सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नाउपाका सांसद लक्ष्मण किशोर चौधरी दाबी पेश

छिनोफानो   आइतबार ०२, बैशाख २०८१ ०४:४०

नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मण किशोर चौधरीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन । उनले प्रदेश प्रमुख नाजिर मियाँसमक्ष आइतबार प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेश गरेका हुन । उनले नागरिक उन्मुक्तिका सात, नेपाली कांग्रेसका १८ र नेकपा एकीकृत समाजवादी पार्टीका चार सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका हुन । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसदको समर्थन चाहिन्छ ।
प्रदेशप्रमुख मियाँसमक्ष पेश गरिएको पत्रमा नागरिक उन्मुक्ति प्रदेशसभा दलका नेता धनश्याम चौधरी, कांग्रेस प्रदेशसभा दलका नेता कमलबहादुर शाह र एकीकृत समाजवादी दलका नेता दीर्घ सोडारीले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम चौधरीलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न अनुरोध गरेका छन ।
यसअघि कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेशप्रमुख मियाँले गत चैत २३ गते १० दिनको समय दिएर दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेश सरकार गठनका लागि आह्वान गरेका थिए ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु