भारतको पुनाबाट गोैरीफण्टा सम्म आउदै गरेको बस दुर्घटना, ३० जना बढी नेपाली घाइते

छिनोफानो   सोमबार ०३, बैशाख २०८१ ०३:४८

धनगढी । भारतको पुना बाट नेपाली बोकेर गौरीफण्टा आउदै गरेको बस दुर्घटना भएको छ ।

भारतको मालेगाउमा भयको  दुर्घटनामा परी ३० जना नेपाली घाइते भएका छन । युपी प्रदेश को गाडी दुर्घटना परेको हो । दुर्घटना मा परी घाइते मध्य दुइजनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरुको नासिक मा विभिन्न अस्पतालअरुमा उपचार भैरहेको छ। बस सडकमै पल्टियको थियो । बसमा क्षमता भन्दा बढि ओभरलोड भएको कारण पल्टियको हुन सक्ने अनुमान गरिएको छ।

सोही रुपमा केही दिन अगाढि मात्र एक बसमा आगलागी भएको थियो । घटना बारे थप विवरण आउन बाकी रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु