झापामा दुवै दारा काटिएको मृत हात्ती फेला

छिनोफानो   बुधबार ०५, बैशाख २०८१ १०:३०

बिर्तामोड  ।   झापामा दुवै दारा काटिएको अवस्थामा एउटा जङ्गली हात्ती मृत फेला परेको छ ।

मेचीनगर नगरपालिका– १२ स्थित कालीका सामुदायिक वनभित्र मङ्गलवार बेलुका साढे ४ बजेको समयमा हात्ती मृत भेटिएको जानकारी प्राप्त भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताउनुभयो  । स्थानीयले हात्ती मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

 त्यसपछि प्रहरी र वन कर्मचारीको टोली घटनास्थल पुगेको थियो । ‘हात्तीको अवस्था हेर्दा अन्दाजी ३० घण्टा  अगाडि मारिएको हुनसक्ने  वन प्रमुख राईले बताउनुभयो ।  दारा काटिएको अवस्थामा हात्तीको अवस्था पाइएकोले   घटनाको विस्तृत विवरण  पोस्टमार्टम गरेपछि मात्र खुल्ने वन प्रमुख राईले बताउनुभयो ।  

मृत भेटिएको हात्तीको नजिकै अर्को हात्ती रहेकोले प्रहरी र वन टोली नजिकै पुग्न सकिरहेको छैन । मृत हात्तीलाई सुरक्षा दिन प्रहरी र वन कर्मचारी खटाइसकेको राईले बताउनुभयो  । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु