सुदूरपश्चिम प्रदेश मा मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन

छिनोफानो   बिहिबार ०६, बैशाख २०८१ १०:१७

काठमाडौं   सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समय आज सकिँदै छ ।  प्रदेश प्रमुख नाजिर मियाले आज साँझ ५ बजेसम्म दाबी पेस गर्ने समयसीमा दिएका थिए ।

केन्द्रीय सत्ता गठबन्धन फेरिएपछि कांग्रेस नेतृत्वको गठबन्धनबाट कमल बहादुर शाहले राजीनामा दिएपछि सुदूरपश्चिममा नयाँ सरकार गठनको गृहकार्य भइरहेको छ । यसअघि पेस गरिएका दुवै दाबी अस्वीकृत भएपछि प्रदेश प्रमुखले थप दुई दिनको समय दिएका थिए ।

सत्ता गठबनधनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने तयारी छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री नियुक्तिका लागि २७ सदस्यको समर्थन चाहिन्छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु