सोडारीको दाबीमा नाउपाका पाँच सांसदको आपत्ति, पुगे प्रदेश प्रमुखको कार्यालय

छिनोफानो   बिहिबार ०६, बैशाख २०८१ ०५:३१

धनगढी । नागरिक उन्मुक्ति पार्टीका पाँच जना सांसदले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीले गरेको दाबीमा समर्थन नरहेको प्रदेश प्रमुखलाई जानकारी गराएका छन् । बिहीबार एकीकृत समाजवादीका सोडारीले एमाले, माओवादी, नाउपासहितको समर्थनमा मुख्यमन्त्रीको दाबी पेस गरेलगत्तै नाउपाको असन्तुष्ट पक्षले आफूहरूको समर्थन नरहेको जनाएको हो । 

कांग्रेस संसदीय दलका नेता तथा काम चलाउ मुख्यमन्त्री कमलबहादुर शाहको साथमा नाउपाका ५ सांसद प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् । नाउपाको बहुमत पक्ष कांग्रेससँगको गठबन्धनमा रहेकाले सोडारीको दाबीप्रति असहमति जनाएका हो । योसँगै सोडारीको दाबी विवादमा परेको छ ।

नाउपका ७ सांसदमध्ये कांग्रेससँग लक्ष्मणकिशोर चौधरीसहित ५ जना छन् भने कैलाश चौधरीसहित २ जना, एमाले, माओवादीसहितको गठबन्धन नजिक छन् । एमालेका १०, माओवादीका १०, एकीकृत समाजवादीका ४, नाउपाका ७ गरी ३१ सांसदको समर्थन लिएर मुख्यमन्त्रीमा सोडारीले दाबी पेस गरेका छन् । तर नाउपाका ५ जनाले असहमति जनाएपछि उनको दाबीमाथि प्रश्न उठ्न पुगेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु