धनगढीः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त भएका छन्। एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। मुख्यमन्त्री सोडारीले आजै साँझ ७ बजे शपथ लिनेछन्। तर नाउपाका ५ जना सांसदले भने आफुहरुको सहमती नरहेको बताएका छन ।
प्रतिकृया दिनुहोस