सुदूर पश्चिम प्रदेशको मुख्यमन्त्री भएको २४ घण्टा नबित्दै दीर्घ सोडारीले बहुमत गुमाए

छिनोफानो   शुक्रबार ०७, बैशाख २०८१ १२:४३

धनगढि ।  एकीकृत का तर्फबाट बिहीवार साँझ मुख्यमन्त्रीको सपथ लिएका सोडारी नागरिक उन्मुक्ति पार्टीकी प्रदेश सभा सदस्य टीका थापाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका हुन् ।प्रदेश सभा सदस्य थापाले आफूमाथि धोका भएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको र मन्त्री नहुने बताएकी हुन् ।

उनले मन्त्रालय फुटाउने कुराको आफू बिरोधी भएको र मन्त्रालयहरु फुटाएर मुख्यमन्त्री सोडारीले प्रदेशलाई अनावश्यक भार थप्न खोजेको आरोप लगाएकी छन् ।प्रदेश प्रमुख मियाँले नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य कैलाश चौधरी र टीका थापाको समर्थनमा सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

नागरिक उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरी सहितका पाँच जना सांसदले सोडारीलाई आफ्नो पार्टीको समर्थन नभएको भन्दै बिहीवार साँझ नै प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर मुख्यमन्त्री नियुक्त नगर्न आग्रह गरेका थिए ।सरकार बनाउन २७ जनाको समर्थन आवश्यक पर्छ । नेकपा एमालेका १०, माओवादी केन्द्रका १०, नेकपा एकीकृत समाजवादीका चार, र नाउपाका दुई जना समेत गरी २७ जना सांसदको समर्थनमा सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए ।

५३ जना सदस्य रहेको सुदूर पश्चिम प्रदेश सभामा हाल ५२ जना सदस्य रहेका छन् । बझाङबाट निर्बाचित प्रदेश सभा सदस्य पृथ्वी बहादुर सिंहको दुर्घटनामा परी मृत्यु भएपछि रिक्त रहेको पदमा बैशाख १५ गते उपनिर्बाचन हुदैछ ।

नागरिक उन्मुक्ति पार्टीकी प्रदेश सभा सदस्य थापाले समर्थन लिएपछि मुख्यमन्त्री नियुक्त भएको २४ घण्टा नबित्दै सोडारीले बहुमत गुमाएका हुन् ।

उनलाई प्रदेश प्रमुख मियाले संबिधानको धारा १६८ को उपधारा २ अनुसार सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेका बताएका थिए । उपधारा २ अनुसार दुई वा दुई भन्दा बढि दलको समर्थनको बहुमत प्राप्त गर्ने सांसदलाई मुख्यमन्त्री नियुक्त गर्न मिल्ने संबैधानिक व्यवस्था छ ।

तर प्रदेश प्रमुख मियाले नाउपाको संसदीय दल नेता र बहुसंख्यक सांसदको असहमतीका बाबजुद सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै नेपाली काँग्रेस संसदीय दलका नेता तथा निबर्तमान मुख्यमन्त्री कमल बहादुर शाह र नाउपाका संसदीय दलका नेता घनश्याम चौधरीले बिरोध गरेका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु