सिंहदरबारमा खानलाई सभा सदस्यको शपथग्रहण

छिनोफानो   शुक्रबार ०७, बैशाख २०८१ ०२:३९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट समानुपातिक सांसद बन्नुभएको हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।

शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यको शपथग्रहण गराउनुभएको हो ।मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिश गरेको थियो ।

शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनित हुनुभएको थियो ।उहाँको पनि चैत ४ गते निधन भएपछि रिक्त स्थानमा हसिना सिफारिस गरिएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु