सुदूरपश्चिम र गण्डकी प्रदेश सरकारको निर्णय गैरसंवैधानिक

छिनोफानो   शुक्रबार ०७, बैशाख २०८१ ०४:४७

नेपाली कांग्रेसले प्रदेश सरकारका गठन गर्ने क्रममा पछिल्लो पटक गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारबाट भएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक र गैर संवैधानिक भएको ठहर गरेको छ ।

कांग्रेसले समसामयिक राजनीतिका विषयमा शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. रामशरण महतले प्रदेश प्रमुखहरुले आफूसँग हुँदै नभएको अधिकार प्रयोग गरी संविधानको मर्म र भावनाको उल्लंघन गरेको आरोप लगाउनुभयो ।उहाँले २०८० चैत २५ गते प्रदेश सरकारमा भएको नियुक्ति गैरकानुनी भनी सर्वोच्च अदालतमा दायर भएको रिटमा टुङ्गो नलाग्दासम्म दीर्घकालीन असर पर्ने प्रकृतिका कुनै पनि निर्णय नगर्नु/नगराउनु भनी सर्वोच्च अदालतले चैत २८ गते आदेश गरेको र रिटको पूर्ण सुनुवाई २०८१ वैशाख १० मा तोकिसकेको अवस्थामा प्रदेश सभा बैठक आव्हान गरेर प्रदेह प्रमुख र प्रदेश सरकार दुवैबाट अदालतको अवहेलना गर्ने काम भएको बताउनुभयो ।

गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु