धनगढी पुगेर प्रधानमन्त्री दाहालले भने : “अहिलेको सत्ता गठबन्धन पुरै कार्यकाल सम्म रहन्छ”

पवन भण्डारी   आइतबार ०९, बैशाख २०८१ १२:३९

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको सत्ता गठबन्धन पुरै कार्यकाल सम्म रहने बताउनु भएको छ । सुदूरपश्चिम विश्वविद्यालयले आयोजना गर्ने चौथो दीक्षान्त समारोहका लागि सुदूरपश्चिम पुगेका प्रधानमन्त्री दाहालले आज धनगढी बिमानस्थलमा पत्रकार सँग कुरा गर्दैे बाहिरी आएको हल्ला जस्तो सत्ता गठबन्धनमा समस्या नरहेको बताए ।

प्रधानमन्त्री दाहालले भने गठबन्धनबाट प्रदेशमा सरकार बनाउने काम पनि अन्तिम चरणमा रहेको र अब कोशी प्रदेशमा मात्र मुख्यमन्त्री चयन गर्न बाकी रहेको बताए । अहिलेको सत्ता समिकरण बामपन्थीको मात्र भनेर नगरेको बताउदै प्रधानमन्त्री दाहालले भने बाम एकता भन्नु सहि नभएको बताए । 

तत्काल बाम एकता सम्भव नरहेको बताउदै प्रधानमन्त्री दाहालले भने बिस्तारै राम्रो सहकार्य र सहमती हुदै गएमा  बाम एकताको सम्भावना रहन सक्ने बताए । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु