बेलायतमा छुरा प्रहार गरी सांसदको हत्या

छिनोफानो   शनिबार ३०, असोज २०७८ १२:०६

काठमाडौं, ३० असोज । बेलायतमा एक सांसदको छुरा प्रहार गरी हत्या भएको छ । सत्तारुढ दल कन्जरभेटिभ पार्टीका सांसद डेभिड अमेसको हत्या भएको हो ।

६९ वर्षीय सांसद अमेसलाई स्थानीय चर्चमा गएको बेला २५ वर्षीय युवाले छुरा प्रहार गरेका थिए । गम्भीर अवस्थामा अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषित गरेका हुन् ।

प्रहरीले छुरासहित हत्यारालाई पक्राउ गरेको छ । रोयटर्स समाचार एजेन्सीका अनुसार चर्चमा आफ्नो क्षेत्रका जनतासँग कुरा गरिरहेको बेला सांसदमाथि आक्रमण भएको हो । करिब चार दशकदेखि बेलायतमा सांसद रहँदै आएका अमेसमाथिको आक्रमणको कारण खुलेको छैन । एजेन्सी

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु