नेपाली कांग्रेसको संसदीय दलको बैठक अनिश्चित

छिनोफानो   बिहिबार २७, बैशाख २०८१ १०:२६

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक अनिश्चित भएको छ । 

बिहीबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको बैठक केन्द्रीय सदस्य सूर्यप्रसाद गुरुङको निधन भएकाले बैठक अनिश्चित भएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। शुक्रबार शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको थियो । 

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै अघिल्लो अधिवेशनमा कांग्रेसले संसदमा विरोध जनाएको थियो। यसैकारण सरकारले वैशाख ३ गते हिउँदे अधिवेशन अन्त्य गरेको थियो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु