संसद् अधिवेशन सुरु हुनुअघि कांग्रेस संसदीय दलको बैठक

छिनोफानो   शुक्रबार २८, बैशाख २०८१ १०:४२

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ।  नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक केही बेरअघि सुरु भएको हो। 

बैठकमा आज सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिका र संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने नेताहरूले बताएका छन्।

यसअघि बिहीबार दिउँसो २ बजे बस्ने भनिएको कांग्रेस संसदीय दलको बैठक पूर्वमन्त्रीसमेत रहेका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगन गरिएको थियो। 

प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेका विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राखेर यअसघि संसद् बैठक अवरुद्ध गरिरहेको छ। 


 

 

facebook sharing button

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु