कांग्रेसको संसदीय दल र कार्यसमितिको बैठक बस्दै

छिनोफानो   सोमबार ३१, बैशाख २०८१ ११:१०

धनगढी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दल र कार्यसमितिको बैठक सोमबार बस्दैछ। आज दिउँसो १ बजे संसदीय दल कार्यसमितिको बैठक र त्यसलगत्तै दिउँसो २ बजे संसदीय दलको बैठक बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन्। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको छ। उक्त बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रममा छलफल हुनेछ।

सअघि आइतबार बसेको पार्टी पदाधिकारी बैठकले सरकार गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएकोबारे संसदीय छानबिन समिति नबनाउनेतर्फ सकारात्मक भएको निष्कर्ष निकाल्दै थप निर्णय दलको बैठकबाट गर्ने निर्णय गरेको थियो।

कांग्रेसका शीर्ष नेताहरूले आइतबार बिहान सोही विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल गरेका थिए। उक्त छलफलमा संसदीय छानबिन समिति बनाएर रविमाथि छानबिन गर्न प्रधानमन्त्री दाहाल सकारात्मक रहेको कांग्रेसले जनाएको थियो। बिहानको छलफलमा प्रधानमन्त्री सकारात्मक देखिएर दिउँसोको संसद् बैठक सुरू भएको भएपनि उक्त बैठकमा समेत कांग्रेसले अरोध गरेको थियो।

हिजो बजेट अधिवेशनको पहिलो बैठक थियो। उक्त बैठक पनि कांग्रेसले अवरोध गरेको हो। बैठक कांग्रेसकै असहमतिका कारण शुक्रबार निर्धारित समय
भन्दा दुई घन्टा ढिला गरी सुरु भएको थियो।बैठक सुरू हुनेबित्तिकै प्रतिपक्षी कांग्रेसले उठेर बैठक अवरुद्ध पारेको हो।

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको जिकिर गर्दै संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ। आजका यी दुई बैठकमा पनि यी र यस्तै समयसामयिक विषयमा छलफल हुनेछ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु