भारत साफ च्याम्पियन, नेपाल उपविजेता

छिनोफानो   आइतबार ३१, असोज २०७८ ०८:५२

साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य अधुरै भएको छ। शनिबार राति माल्दिभ्सको मालेमा सम्पन्न फाइनलमा नेपालले चीर प्रतिद्वन्द्वी भारतसँग ३–० ले पराजित भएपछि पहिलोपटक साफको उपाधि जित्ने लक्ष्य अधुरै भएको हो ।

भारतले साफ च्याम्पियनसिपको उपाधि जितेको आठौं पटक हो । पहिलो हाफमा बराबरीमा रोकिएको खेल दोस्रो हाफमा भारतले लगातार २ गोल गरेको थियो । वर्षाबीच चलेको खेलको पहिलो गोल सुनिल क्षेत्रीले ४९ औं मिनेटमा गरे । नजिकको दूरीमा प्राप्त क्रसलाई उनले सजिलै हेडबाट पहिलो गोल गरेका थिए ।

यो भारतका लागि उनको ८० औं गोल हो। अन्तर्राष्ट्रिय फुटबलमा धेरै गोल गर्नेमा सुनिल पाँचौँ स्थानमा छन् । सक्रिय फुटबल खेल्नेमा क्षेत्री तेस्रो खेलाडी हुन् । क्रिष्टियानो रोनाल्डोले ११५ गोल गरेका छन् । त्यसपछि लियोनल मेसी र क्षेत्रीले बराबरी ८० गोल गरेका छन् । 

पहिलो गोल खाएर सम्हालिन पनि नपाएको नेपालविरुद्ध सुरेश सिंहले ५० औं मिनेटमा दोस्रो गोल थपे । यस्तै खेलको ९० औं मिनेटमा सब्टिच्युट साह अल्दुलले तेस्रो गोल गरे ।

अहिलेसम्मका १३ संस्करणमध्ये भारतले एक अवसरमा छाडेर सबैमा फाइनल खेलेको छ । भारतले यसअघि १९९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१५ मा साफको उपाधि जितेको थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु